श्रावण २५
प्युठानमा सोमबार दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । सदरमुकाम खलंगाबाट बांगेफेदी जाँदै गरेको यात्रुबाहक बस प्युठान नगरपालिका वडा नं–३ मा दुर्घटना भएको हो । मत्यु भएकामध्ये प्युठान नगरपालिका–१४ की माया केसी, प्युठान तोरवाङका नरेन्द्र जिसी, प्युठान लाम्बेलाकी जुन विक र दाङकी सीता पण्डितको सनाखत भएको छ । दुघर्टनामा १९ यात्रु घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वर्गद्वारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ना३ ख ८३८३ नम्बरको बस सडकबाट ५० मिटर तल खोँचमा खसेको थियो ।
Post a Comment