साउन २५
सी.एन.एन. हिरो २०१२ को अवार्ड बिजेता पुष्पा बस्नेतले आफनो लक्ष्यमा पुग्न सतकर्मको बाटो भुल्न नहुने बताउनुभएको छ । संयुक्त जेसीज सप्ताह २०१५ अन्र्तगत ७ वटा जेसिजको आयोजना र नारायणगढ लेडी जेसीजको नेतृत्वमा भएको युवा र सामाजिक उत्तरदायित्व बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले देश बिकासका लागी युवाहरु बिचल्लित नभै सतकर्ममा लाग्नु पर्ने बताउनु भयो । सत्यको बाटो लामो हुने हुनाले यात्राबाट नभागी गन्तब्यमा पुग्न साहास र संकल्प गर्नु पर्ने उहाको भनाई थियो । जेल परेका अभिभावकका निर्दोश बाल–बच्चालाई आफैंले लालन–पोषण गराई शिक्षा प्रदान गराउंदै आउनु भएकी उहाँले हाल ४० बाल बालिकाको पालन पोषण र रेखदेश गर्दै आउनु भएको छ । कार्यक्रममा अधिकारकर्मी मिना खरेलले कलिलो उमेरमै समाजसेवामा आफूलाई स्थापित गराउन सफल बस्नेत बाट नया युवा पुस्ताले धेरै कुरा सिक्नु पर्ने बताउनु भयो । नारायणगढ लेडी जेसीजको अध्यक्ष सुनिता कर्मचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नारायणगढ जेसीजका अध्यक्ष नवराज फुयाल जेसीजका पूर्व राष्ट्यि उपाध्यक्ष सुदिप सिहं अधिकारी, राष्ट्यि उपाध्यक्ष दिल बहादुर अर्जेल,उद्योग बाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सहन प्रधान लगायतले बोलेका थिए । जेसिजले भोलि पर्सा खैहरेनीमा स्वास्थ्य शिविर आयोजना गर्दै छ ।
Post a Comment