Home » » साफ यू–१६ फुटबलमा नेपालले माल्दिभ्सको सामना गर्ने

साफ यू–१६ फुटबलमा नेपालले माल्दिभ्सको सामना गर्ने

Written By Unknown on Monday, August 10, 2015 | 4:28 AM

श्रावण २५ 
साफ यु–१६ फुटबल च्याम्पियनसिपअन्तर्गत् आफ्नो पहिलो खेलमा सोमबार नेपालले माल्दिभ्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसार अपराह्न पौने पाँच बजे सुरु हुने छ । बंगलादेशको सिलेटमा आइतबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता भारतले श्रीलंकालाई ५–० ले हराएको छ । दक्षिण एसियाका ६ राष्ट्र सहभागी प्रतियोगितामा नेपालको समूह ‘बी’मा माल्दिभ्स र अफगानिस्तान रहेका छन् । यो उमेर समूहमा नेपालले माल्दिभ्ससँग सोमबार पहिलो पटक खेल्न लागेको हो । यसैगरी समूह ‘ए’मा आयोजक बंगलादेशसँगै भारत र श्रीलंका रहेका छन् । प्रतियोगितामा पाकिस्तान र भुटानले भने सहभागिता जनाएका छैनन् । प्रतियोगिताको यो तेस्रो संस्करण हो । यसअघि पहिलो र दोस्रो संस्करण नेपालमा भएको थियो । पहिलो संस्करणको उपाधि पाकिस्तानले जित्दा नेपाल तेस्रो भएको थियो भने दोस्रो संस्करणको फाइनलमा भारतसँग पराजित हुँदै नेपाल उपाधि उचाल्नबाट चुकेको थियो ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC