Home » » आइएसका दोस्रो प्रमुख नेता मारिए

आइएसका दोस्रो प्रमुख नेता मारिए

Written By Unknown on Saturday, August 22, 2015 | 5:20 AM


भदौ ५ 
इस्लामिक अतिवादी समूह इस्लामिक स्टेट ९आइएस०का दोस्रो प्रमुख नेता मारिएका छन् । उत्तरी इराकमा गरिएको अमेरिकी आक्रमणमा दोस्रा नेता फाजिल अहमद अल ह्याली मारिएको अमेरिकाले दाबी गरेको हो । ह्वाइटहाउसका अनुसार हाजी मुताजको नामले चिनिने ह्याली आइएसका दोस्रा नम्बरका नेता हुन् । यसै हप्ता मोसुलमा गरिएको एक हवाई आक्रमणमा उनी मारिएको अमेरिकी अधिकारीहरुको दाबी छ । यसै महिना सिरियामा गरिएको आक्रमणमा पनि अर्का वरिष्ठ आइएस नेता मारिएका थिए । आइएसका नेता अबु बक्र अल बग्दादी पनि मार्चमा गरिएको आक्रमणमा परी घाइते भएका थिए । 
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC