भदौ ५

उत्तरी फ्रान्सको एक रेलभित्र गोली हानी तीन जनालाई घाइते बनाइएको छ । २६ वर्षीय मोरक्को मुलका आक्रमणकारीलाई प्रहरीले हतियार सहित नियन्त्रणमा लिएको छ । ट्रेनमा यात्रारत दुई अमेरिकीले आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए । जसमध्ये एकजना घाइते भएका छन् । आक्रमणकारीलाई नियन्त्रणमा लिने व्यक्ति अमेरिकी मरिन रहेको बताइएको छ । तीव्र गतिको थैलिज रेल सेवामा आक्रमण गर्ने आक्रमणकारीलाई एरेज स्टेसनबाट नियन्त्रणमा लिइएको हो । घटनामा एक ब्रिटिस नागरिक पनि घाइते भएका छन् । रेलमा ५ सय ५४ जना यात्रु सवार थिए ।
Post a Comment