Home » » संवादबाट नयाँ राजनीतिक निकास निकाल्न वैद्यको अपिल

संवादबाट नयाँ राजनीतिक निकास निकाल्न वैद्यको अपिल

Written By Unknown on Saturday, August 22, 2015 | 5:22 AM

भदौ ५ 
नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले देशभर भइरहेको आन्दोलनलाई संवाद र सहमतिबाट हल गर्न आग्रह गर्नुभएको छ । वैद्यले आज प्रेस विज्ञप्ति जारी गर्दै संविधानसभाभित्र र बाहिर रहेका राजनीतिक दल र सरोकारवाला सम्बन्धित सबै पक्षसित अविलम्ब संवाद गरी नयाँ राजनीतिक निकास निकाल्नका अपिल गर्नुभएको हो् । संविधानको मस्यौदा तथा सीमांकनविरुद्धमा भएको आन्दोलले संविधानसभा २ को औचित्य समाप्त भएको अध्यक्ष वैद्यको दाबी छ । जटिल र सङ्कटपूर्ण स्थितिमा पश्चगामी मस्यौदा संविधानको खारेजी र संविधानसभा २ विघटन गरी सबै राजनीतिक दलसहित आन्दोलनरत पक्षहरूको सहभागितामा राजनीतिक सभाको आयोजना गर्न अनिवार्य रुपमा आवश्यक भएको उहाले बताउनुभयो । विभिन्न ठाउँमा भएको आन्दोलनमा दमन तथा धरपकड गर्ने, गोली हान्ने, हत्या गर्ने तथा साम्प्रदायिकता भड्काउन सरकार नै उद्धत रहेको वैद्यको आरोप छ । मस्यौदा संविधानको खारेजीका लागि देशव्यापी रुपमा विरोध प्रदर्शन, बन्द, हड्ताल, जनप्रतिरोध लगायत सङ्घर्षका कार्यक्रमहरू सशक्त रुपमा भएको उल्लेख गर्दै वैद्यले आन्दोलनमा गरिएको दमन रोक्न पनि सरकारसँग आग्रह गर्नुभएको छ । आम नागरिकको असन्तुष्टीलाई सम्बोधन नगरी जबर्जस्ती यस प्रकारको संविधान जारी गरिए देश फेरि पनि अर्को द्वन्द्वमा जाने निश्चित रहेको वैद्यले चेतावनी दिनुभयो ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC