Home » » को होला उत्कृष्ट फुटबलर

को होला उत्कृष्ट फुटबलर

Written By Unknown on Wednesday, August 12, 2015 | 11:47 PM

श्रावण २८ 
युरोपियन फुटबल महासंघ (युइएफए) ले युरोपको उत्कृष्ट फुटबल खेलाडी अवार्डका लागि अन्तिम तीनको मनोनयन सार्वजनिक गरेको छ । अन्तिम तीनको मनोनयनमा रियल मड्रिडका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो, बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोलन मेस्सी तथा बार्सिलोनाकै उरुग्वेली फरवार्ड लुइस स्वारेज परेका छन् । युइएफएले गत महिना सार्वजनिक गरेको उत्कृष्ट १० खेलाडी मध्येबाट युइएफएमा आबद्ध ५४ देशका खेल पत्रकारले दिएको मतका आधारमा अन्तिम तीनको टुंगो लागेको हो । सन् २०१४र१५ को सिजनमा गरेको प्रदर्शनका आधारमा युइएफएले मनोनयन सार्वजनिक गरेको हो । युरोपबाट ब्यवसायिक फुटबल खेल्ने खेलाडीमध्येबाट सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई युरोपको उत्कृष्ट खेलाडीको रुपमा अवार्ड प्रदान गर्ने गरिन्छ । अगष्ट २७ मा अवार्ड बिजेताको घोषणा गरिने छ । यसअघि सन् २०१४ मा सो अवार्डबाट क्रिस्टियानो रोनाल्डो पुरस्कृत भइसकेका छन् भने मेस्सीले सन् २०११ मा उक्त अवार्ड पाएका थिए । सन् २०१३ मा फ्रेन्क रिबेरी र सन् २०१२ मा आन्द्रेस इनिएस्टाले उक्त अवार्ड पाएका थिए ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC