Home » » चीनको तियान्जिनमा विस्फोट, १७ जनाको मृत्यु

चीनको तियान्जिनमा विस्फोट, १७ जनाको मृत्यु

Written By Unknown on Wednesday, August 12, 2015 | 11:43 PM

श्रावण २८ 
चीनको उत्तरी शहर तियान्जिनमा बुधबार राति भएको विस्फोटमा १७ जनाको मृत्यु भएको छ । विस्फोटमा अन्य चार सयजना भन्दा बढी घाइते भएका छन् । चिनियाँ सरकारी संचारमाध्यमका अनुसार रासायनिक सामान राखेको एउटा गोदाममा विष्फोट भएको हो । घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको सरकारी संचारमाध्यमले जनाएका छन् । विस्फोट कसरी भयो भन्नेबारे स्पष्ट जानकारी आइसकेको छैन । तर खतरनाक तथा रासायनिक सामानहरु भण्डारण गरिएको भवनमा स्थानीय समयअनुसार बुधबार राति ११ः३० बजे विस्फोट भएको हो । विस्फोटपछि तियान्जिन शहरको आकाशमा आगोको ज्वाला र धुँवाको मुस्लो देखिएको थियो । पहिलो विस्फोट भएको केही समयपछि शक्तिशाली दोस्रो विस्फोट भएको थियो । विस्फोटका कारण सयौं भवन र सवारीसाधन ध्वस्त भएका छन् । विस्फोटलाई औद्योगिक दुर्घटना भनिएको छ । विस्फोटको धक्का कयौं किलोमिटर परसम्म महशुश गरिएको बताइएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङले सम्पूर्ण शक्ति लगाएर उद्धार कार्य तीब्र पार्न निर्देशन दिएका छन् ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC