भदौ १३

साउदी अरेबियाको एक तेल कम्पनीमा कार्यरत कर्मचारी बस्दै आएको कम्प्लेक्समा आगलागी भएको छ । आगलागीमा ११ जनाको मृत्यु भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ । साउदी अरेबियाको पूर्व शहर खोबारमा रहेको उक्त कम्प्लेक्समा आगो लाग्दा अन्य दुई सयभन्दा बढी घाइते भएका छन् । अधिकारीहरुका अनुसार आगलागीको शिकार भएका कर्मचारीहरुमा अधिकांश विदेशी छन् । साउदी अरेबियाको ठूलो तेल कम्पनीमा गनिदैं आएको ‘साउदी अरम्को’ को एक आवासीय कम्प्लेक्समा आगो लागेको हो । उक्त भवनको माथिल्लो तलासम्म नै आगो फैलिएको बताइन्छ । हेलिकोप्टरको मद्दतमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको अधिकारीहरुले जनाएका छन् । धेरैजसो मानिस उक्त भवनको छतमा पुगेर मद्दतका लागि गुहार मागिरहेको विभिन्न संचारमाध्यमले जनाएका छन् । अरम्को कम्पनीमा ५० हजारभन्दा बढी कर्मचारी काम गर्दै आएका छन् । तीमध्ये अधिकांश विदेशी कर्मचारी रहेको बताइन्छ । आगलागीमा नेपालीहरु परेका छन् या छैनन् भन्नेबारे प्रष्ट भइसकेको छैन । सो कम्पनीमा नेपाली कामदारसमेत कार्यरत रहेको अनुमान गरिएको छ ।
Post a Comment