Home » » जर्मन सुपर कपको उपाधि उल्फबर्गले जित्यो

जर्मन सुपर कपको उपाधि उल्फबर्गले जित्यो

Written By Unknown on Saturday, August 1, 2015 | 11:16 PM

श्रावण १७ 
यस वर्षको जर्मन सुपर कप फुटबल प्रतियोगिताको उपाधि उल्फबर्गले जितेको छ । जर्मन कप र लिग विजेताबीच हुने यो खेलमा उल्फबर्गले बायर्न म्युनिखलाई पेनाल्टी सुट आउटमा हराएको हो । खेलमा बायर्नका आर्यन रोबेन र उल्फबर्गका निक्लस बेन्ड्टनरले एक–एक गोल गरेपछि निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकियो । यसपछि थपिएको अतिरिक्त समयमा पनि गोल नभएपछि खेलको निर्णय टाईब्रेकरमा गरिएको हो । टाईब्रेकरमा उल्फबर्ग ५-४ ले विजयी भयो । बायर्न म्युनिखका जाभी अलन्सो गोल गर्नबाट चुकेपछि उल्फबर्ग विजयी भएको हो । जर्मन सुपर कप फुटबललाई नयाँ सिजनको सुरुवाती खेलको रुपमा लिइन्छ । जर्मनीको शीर्ष डिभिजनको लिग फुटबल बुन्डेस लिगा अर्को हप्ता सुरु हुँदैछ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC