Home » » विश्वमा एथ्लेटिक्स खेलमा डोपिङको डरलाग्दो प्रयोग भइरहेको खुलासा

विश्वमा एथ्लेटिक्स खेलमा डोपिङको डरलाग्दो प्रयोग भइरहेको खुलासा

Written By Unknown on Saturday, August 1, 2015 | 11:13 PM

श्रावण १७ 
विश्वमा एथ्लेटिक्स खेलमा डोपिङको डरलाग्दो प्रयोग भइरहेको खुलासा भएको छ । अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघ आईएए एफ ले गरेको डोपिङ टेस्टको गोप्य प्रतिवेदन अनुसार सन् २००१ देखि २०१२ को बीचमा भएका विश्व च्याम्पियनसिप र ओलम्पिक खेलका कुल पदकको एक तिहाई पदक विजेता खेलाडी डोपिङ टेष्टमा फेल भएका छन् । आई।ए।ए।एफ।ले झन्डै ५ हजार खेलाडीको रगतको १० हजारभन्दा बढी नमुना संकलन गरी परीक्षण गरेको थियो । बेलायती पत्रिका सण्डे टाईम्स र जर्मन ब्रोडकाष्टर ए।आर।डी ले गोप्य प्रतिवेदनको खुलासा गर्दै यस्तो दाबी गरेका हुन् । उनीहरुका अनुसार परिक्षण अवधिमा ५५ स्वर्ण पदकसहित कुल १ सय ५६ पदक विजेता खेलाडीको नमुनाबाट उनीहरुले प्रतिबन्धित शक्तिबद्र्धक औषधी प्रयोग गरेको प्रमाणित भएको छ । सन् २०१२ मा भएको लण्डन ओलम्पिकमा पनि एथ्लेटिक्सतर्फका १० वटा पदक विजेता खेलाडी डोपिङ परीक्षणमा फेल भएका छन् । प्रतिवेदनका अनुसार यी कुनै पनि खेलाडीको पदक खोसिएको छैन भने उनीहरुले सजाय समेत पाएका छैनन् । डोपिङ परीक्षणमा सबैभन्दा खराब नतिजा रुसी खेलाडीहरुको आएको छ । रुसले जितेका पदकहरुमध्ये झण्डै ८० प्रतिशत पदक प्रतिबन्धित औषधीकै भरमा जितिएको दाबी प्रतिवेदनले गरेको छ । आई।ए।ए।एफ।ले छिट्टै उक्त प्रतिवेदन सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC