Home » » भारतको विहारमा थप ११ ब्रान्डका चाउचाउमा प्रतिबन्ध

भारतको विहारमा थप ११ ब्रान्डका चाउचाउमा प्रतिबन्ध

Written By Unknown on Saturday, August 1, 2015 | 11:27 PM

साउन १७ 
भारतको विहारमा थप ११ ब्रान्डका चाउचाउमा प्रतिबन्ध लगाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सेप्टेम्बर १ तारिखदेखि यी ब्रान्डका चाउचाउको खरिद बिक्रि,प्रचारप्रसार र भण्डारणमा प्रतिबन्ध लाग्ने छ । विहार सरकारले ५ कम्पनीका ११ ब्रान्ड चाउचाउमा प्रतिबन्ध लगाएको हो  ।  नोर मसला नुडल्स, फूडल्स मल्टी ग्रेन आटा मसला, चिंग्स मन्चूरियन तथा भेज हक्का नुडल्स र टप रेमन तथा यप्पि नुडल्स अब प्रतिबन्धित हुनेछ । विहार सरकारले यी चाउचाउमा टेस्टिन पाउडर भेटिएपछि प्रतिबन्ध लगाएको हो । यसअघि भारत सरकारले म्यागी चाउचाउमा प्रतिबन्ध लगाइएको थियो ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC