श्रावण २८
भारतको मुम्बईमा एक बिरामीको शल्यक्रिया गर्न लागेका चिकित्सक नै बेहोस भएपछि बिरामीको मत्यु भएको छ ।भारतीय संचारमाध्यमका अनुसार मंगलबार सियोन अस्पतालमा मुम्बई निवासी ६५ वर्षीय वामन जारेको फोक्सोको शल्यक्रिया गरिदैं थियो । फोक्सोमा पानी जमेको पाइएपछि चिकित्सककै सल्लाहअनुसार उनको शल्यक्रिया तय भएको थियो । शल्यक्रिया सुरु गरेका मूख्य चिकित्सकलाई नै अचानक ‘पेनिक अट्याक’ भयो । जसका कारण हतारहतार अर्को चिकित्सकले ती बिरामीको शल्यक्रियाको जिम्मेवारी सम्हाले । प्राप्त समाचारअनुसार ती चिकित्सकले बिरामीको फोक्सोको दाहिनेतर्फ ‘पङ्चर’ गर्नुपर्नेमा बायाँतर्फ ‘पङ्चर’ गरेपछि १५ मिनेटमै बिरामी अवस्था गम्भीर भई मृत्यु भएको हो ।
Post a Comment