श्रावण २७

विश्व फुटबल महासंघ ९फिफा०ले संगठनभित्र आवश्यक सुधार गर्न कमिटी गठन गरेको छ । फिफाको प्रशासनतन्त्र, आर्थिक गतिविधि एवं निर्णय प्रक्रियालाई पारदर्शी बनाउन स्वतन्त्र कमिटीको माग विभिन्न पक्षले गरिरहेका बेला मंगलबार सुधार कमिटी गठन गरिएको हो । सुधार कमिटीको नेतृत्व अन्तराषर््िट्रय ओलम्पिक कमिटीका पूर्वमहानिर्देशक फ्रान्कोइस कारर्डले गर्नेछन् । कारर्डले सन् २००२ मा अमेरिकाको साल्ट लेक सिटीमा भएको विन्टर ओलम्पिकको भ्रष्टाचार कान्डलाई लिएर ओलम्पिक कमिटिको सुधारको समेत नेतृत्व गरेका थिए । फिफामा आबद्ध विभिन्न ६ महादेशको सल्लाहअनुसार ७७ वर्षीय स्वीस वकिल कारर्डलाई सुधारको जिम्मेवारी तोकिएको बताइएको छ । कारर्डले फुटबल बाहिरका स्वतन्त्र विज्ञहरुको सहभागितामा बोर्ड गठन गरेर दिगो सुधारको कार्यक्रम सुरु गर्ने बताएका छन् ।
Post a Comment