Home » » नेपाल साफ यु–१६ फुटबलको सेमिफाइनलमा प्रवेश

नेपाल साफ यु–१६ फुटबलको सेमिफाइनलमा प्रवेश

Written By Unknown on Wednesday, August 12, 2015 | 11:38 PM

श्रावण २८ 
नेपाल साफ अण्डर–सिक्सटिन फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।बंगलादेशको सिल्हेटमा जारी प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा माल्दिभ्सलाई अफ्गानिस्तानले हराएपछि नेपाल सेमिफाइनलमा पुगेको हो । नेपालले समुहको पहिलो खेलमा माल्दिभ्सलाई ५–० ले हराएको थियो । बुधबार अफ्गानिस्तानसँग ४÷२ ले पराजित भएपछि माल्दिभ्स भने समुह चरणबाटै बाहिरीएको छ । नेपालले आफ्नो दोस्रो खेलमा भोलि अफ्गानिस्तानसँग खेल्नेछ । यो खेलपछि समुह विजेता र उपविजेताको टुंगो लाग्नेछ । प्रतियोगिताको अर्को समुहबाट भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
 
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC