Home » » उत्तर कोरियाली सर्वोच्च नेताद्वारा युद्धका लागि तयार रहन सेनालाई निर्देशन

उत्तर कोरियाली सर्वोच्च नेताद्वारा युद्धका लागि तयार रहन सेनालाई निर्देशन

Written By Unknown on Friday, August 21, 2015 | 5:33 AM


भदौ ४ 
उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनले युद्धको तयारी गर्न सेनालाई निर्देशन दिएका छन् । आफ्नो मुलुकविरुद्ध दक्षिण कोरियाले प्रचारबाजी गरेको भन्दै उत्तर कोरियाली नेता उनले युद्धको तयारी अवस्थामा रहन सेनालाई निर्देशन दिएका हुन् । आपतकालीन बैठकलाई सम्बोधन गर्दै उनले अर्द्धयुद्धको अवस्था देखिएको बताए । दक्षिण कोरिया तथा उत्तर कोरियाबीच सीमा क्षेत्रमा दुईतर्फी गोलाबारी भएपछि कोरिया प्रायद्वीपमा तनाव बढेको छ । उत्तर कोरियाले आफ्ना क्रियाकलाप बन्द नगरे कडा कारबाही सामना गर्न दक्षिण कोरियालाई चुनौती दिएको छ । आफ्नाविरुद्ध प्रचारबाजी गरेको आरोपमा उत्तरले दक्षिणको भूमिमा बम प्रहार गरेको थियो । जवाफमा दक्षिण कोरियाले दसौं राउन्ड आर्टिलरी फायर गरेको छ । ४८ घण्टाभित्र प्योङ्याङविरोधी प्रचार बन्द नभए सैनिक कारबाही गरिने लिखित चेतावनी उत्तर कोरियाले दिएको छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC