भदौ ४
मध्यपूर्वको चरमपन्थी समूह हमासले जासुसीको आशंकामा डल्फिनलाई नियन्त्रणमा लिएको छ । हमासले जासुसीका लागि इजरायले डल्फिन प्रयोग गरेको भन्दै नियन्त्रणमा लिएको जनाएको छ । गाजाको समुद्री तटबाट नियन्त्रणमा लिइएको डल्फिनको शरीरमा क्यामरा र अन्य विद्युतीय उपकरण जडान गरेको पाइएको दाबी हमासको छ । यो घटनाप्रति इजरायलले भने कुनै प्रतिक्रिया दिएको छैन । यसअघि पनि इजरायलले गिद्धको प्रयोग गरी जासुुसी गरेको आरोप लागेको थियो ।
Post a Comment