Home » » भारतको स्वतन्त्रता दिवसका अवसरमा दुतावासद्वारा सहयोग

भारतको स्वतन्त्रता दिवसका अवसरमा दुतावासद्वारा सहयोग

Written By Unknown on Saturday, August 15, 2015 | 12:44 AM


श्रावण ३० 
नेपालस्थित भारतीय राजदूतावासले आफ्नो मुलुकको ६९ औं स्वतन्त्रता दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाएको छ । यस अवसरमा नेपालका लागि भारतीय राजदूत रणजित रायले नेपाल र भारतबीचको परस्पर सम्बन्ध थप बलियो हुने बिश्वास व्यक्त गरे । उनले नेपालको हितमा भारत सरकार सहयोग गर्न तयार रहेको भन्दै नेपालमा चाँडै संविधान जारी हुने विश्वास व्यक्त गरे । सो अवसरमा नेपालका विभिन्न परोपकारी र शैक्षिक संस्थालाई ४० वटा एम्बुलेन्स, आठ वटा बस प्रदान गरिएको थियो । नेपालका दूर्गम जिल्लास्थित ४५ वटा पुस्तकालयलाई पुस्तकहरु पनि प्रदान गरिएको छ । हाल विकास साझेदारी कार्यक्रमअन्तर्गत भारत–नेपाल सरकारबीच ७५ अरब भन्दा बढीको सहयोगको काम भइरहेको दूतावासले जनाएको छ । भारतले साना ठूला ५ सय बढी परियोजनामा नेपाल सरकारसँग साझेदारी गर्दै आएको जनाइएको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC