Home » » मलेशियामा सामूहिक चिहान फेला

मलेशियामा सामूहिक चिहान फेला

Written By Unknown on Sunday, August 23, 2015 | 3:24 AM


भदौ ६ 
मलेशियामा एउटा सामूहिक चिहान फेला परेको छ । थाइल्याण्डको सीमानजिक फेला परेको चिहानबाट २४ वटा शव बरामद गरिएको मलेशियाली प्रहरीले जनाएको छ । बुकित वांग बर्मा नामक क्षेत्रमा फेला परेका ती सबै शव मानव तस्करीको शिकार बनेका बंगलादेश र म्यानमारका नागरिकको हुनसक्ने अनुमान प्रहरीको छ ।
म्यानमार र बंगलादेशबाट लगिएका मानिसलाई अरु देशमा लैजाने क्रममा यही बाटो प्रयोग गर्ने गरिन्थ्यो । गत मे महिनामा पनि त्यही क्षेत्रनजिक गैरकानूनी रुपमा बन्दी बनाइएको एक स्थानबाट सयौं शव फेला पारिएको थियो ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC