भदौ ६
अफगानिस्तानको राजधानी काबुलस्थित कूटनीतिक क्षेत्रमा गराइएको विष्फोटमा १२ जना मारिएका छन् ।आत्मघाती आक्रमणमा अरु ६० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । मारिनेमा एक विदेशी नागरिक पनि भएको बताइएको छ । विष्फोटका समयमा विदेशी सैन्य सोही बाटो भएर हिड्दै गरेका थिए । राष्ट्रपति भवन र विमानस्थल नजिकै गराइएको विष्फोटको कसैले जिम्मेवारी लिएका छैनन् । उता, सोमालियामा इस्लामिक अतिवादी समूह अब शबाबले गराएको बम विष्फोटमा १८ जना मारिएका छन् । श्रृंखलाबद्ध विष्फोटमा केही घाइते भएका छन् । दक्षिणी तटीय शहर किस्मायोस्थित एक सैन्य प्रशिक्षण शिविरमा सबैभन्दा घातक विष्फोट भएको थियो । त्यहाँ मात्रै १४ जना मारिएका छन् ।
Post a Comment