Home » » इरानमा चार वर्षपछि खुल्यो बेलायती दुतावास

इरानमा चार वर्षपछि खुल्यो बेलायती दुतावास

Written By Unknown on Sunday, August 23, 2015 | 3:13 AM

 भदौ ६ 
 इरान र बेलायतबीच कूटनीतिक सम्बन्ध विस्तार हुने सम्भावना बढेको छ । इरानको राजधानी तेहरानमा चार वर्षपछि पुनः बेलायती दुतावास खुलेको छ । बेलायती विदेशमन्त्री फिलिप हेमन्डले ट्वीट गर्दै भनेका छन्, ‘तेहरानमा बेलायती दुतावास खुल्नु बेलायत–इरान सम्बन्धमा एक ऐतिहासिक पल हो ।’ तेहरानमा बेलायती दुतावास खोल्न आयोजित समारोहमा बेलायती विदेशमन्त्री हेमन्ड पनि सहभागी थिए । विगत १२ वर्ष यता इरान भ्रमण गर्ने उनी पहिलो बेलायती विदेशमन्त्री हुन् । चार वर्षअघि इरानमाथिको प्रतिबन्धको विरोधमा उत्रिएका इरानी प्रदर्शनकारी बेलायती दुतावासमा प्रवेश गरेपछि बेलायतले तेहरानस्थित दुतावास बन्द गरेको थियो । लन्डनमा पनि चाँडै इरानी दुतावास खुल्ने जनाइएको छ । अमेरिकालगायत ६ राष्ट्रले इरानको परमाणु सम्झौतामा हस्ताक्षर गरेपछि बेलायतले दूताबास खोल्ने निर्णय गरेको हो ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC