Home » » तालिबानमा तनाब १ नयाँ नेताद्धारा एकताको आह्वान

तालिबानमा तनाब १ नयाँ नेताद्धारा एकताको आह्वान

Written By Unknown on Sunday, August 2, 2015 | 12:57 AM

साउन १७
अफगानिस्तानमा तालिबानका नयाँ नेता मुल्लाह अख्तर मन्सुरले एकताको आह्वान गर्दै संघर्ष जारी राख्ने जनाएका छन् । अडियो सन्देशमार्फत् मन्सुरले आफ्नो संगठनको विभाजनले शत्रुहरुलाई मात्र खुसी पार्ने भन्दै लडाकूहरुलाई एक हुन आह्वान गरेका छन् । अफगानिस्तानमा इस्लामिक कानुन नल्याएसम्म जिहाद जारी रहने तालिबानका प्रवक्ताले जारी गरेको मन्सुरको सन्देशमा उल्लेख गरिएको छ । सन्देशमा मन्सुरले दुस्मनको प्रोपोगान्ड भन्दै अफगानिस्तान सरकारसँगको शान्तिवार्ता भने खारेज गरेका छन् । तालिवानका नेता मुल्लाह ओमारको निधनपछि मन्सुर विहीबार मात्र समूहको नयाँ नेता चयन भएका हुन् । तर, तालिबानका सबै सदस्यले भने उनलाई आफ्नो नेता नमानेको तालिबानको अर्को समूहका प्रवक्ताले जनाएका छन् । तालिबानमा आफ्नो नेताको विषयलाई लिएर यस्तो मतभिन्नता देखिएको यो पहिलो पटक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC