Home » » कम्युनिटी शिल्ड कपको उपाधि आर्सनल की चेल्सीलाई

कम्युनिटी शिल्ड कपको उपाधि आर्सनल की चेल्सीलाई

Written By Unknown on Sunday, August 2, 2015 | 1:01 AM

श्रावण १७ 
इङ्ल्याण्डको घरेलु फुटबल प्रतियोगिता कम्युनिटी शिल्ड कपको उपाधिका लागी आइतबार आर्सनल र चेल्सी भिड्दै छन् । वेम्बले रंगशालामा नेपाली समय अनुसार राती पौने आठ बजे सुरु हुने खेलमा दुई लण्डन क्लब भिड्न लागेका हुन् । कम्युनिटी शिल्डको उपाधिका लागि प्रिमियर लिग विजेता चेल्सी तथा एफ ए कप बिजेता आर्सनलबीच प्रतिस्पर्धा हुन लागेको हो । यसै सिजन चेल्सीबाट आर्सनल भित्रिएका गोलरक्षक पिटर चेकले आइतबार आर्सनलका लागी डेब्यु गर्दै छन् । करिब ११ बर्ष चेल्सीमा बिताएका चेकले आफ्नोे पूर्ब क्लबबिरुद्ध कस्तो प्रदर्शन गर्छन् भन्ने चासो बढेको छ । पछिल्लो समयमा चेल्सी आर्सनल माथि हाबी हुँदै आएको छ । पछिल्ला १३ खेलमा आर्सनलले चेल्सीलाई पराजित गर्न सकेको छैन ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC