श्रावण १७
म्यानमारमा भीषण वर्षा पछिको बाढीका कारण २७ भन्दा बढी मानिसको मृत्यु भएपछि आपतकालीन स्थितिको घोषणा गरिएको छ । राष्ट्रपति थेन सेनले बाढी प्रभावित छिन, म्याग्वे, सगाइङ र राखिने राज्यमा आपतकालीन स्थितिको घोषणा गरेका हुन् । केही हप्तायताको मनसुनी वर्षाका कारण यी चार राज्यमा बाढीले ठूलो क्षति पुर्याएको छ । दशौं हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । संयुक्त राष्ट्रसंघले पश्चिम राखिने राज्यमा १ लाख ४० हजार रोहिंग्याहरु प्रान्तिय राजधानी सित्तेवे नजिकका क्याम्पहरुमा बसेको जनाएको छ । बाढीका कारण राज्यका विभिन्न सहरसँगको सम्पर्क टुटेको छ । म्यानमारमा केही हप्तायता भीषण वर्षापछिको बाढी–पहिरोले मुलुकका अधिकांश भू–भागको जनजीवन प्रभावित बनेको छ । बाढीका कारण ५ लाख हेक्टरमा लगाइएको बाली नस्ट नभएको जनाइएको छ ।
छिमेकी भियतनाममा बाढीका कारण १७ जनाको मृत्यु भएपछि म्यानमारमा बाढीको असर देखिन सुरु गरेको थियो ।
Post a Comment