Home » » हिलारीले आफ्नो ईमेलको सर्भर ‘एफबीआई’लाई दिने

हिलारीले आफ्नो ईमेलको सर्भर ‘एफबीआई’लाई दिने

Written By Unknown on Wednesday, August 12, 2015 | 6:07 AM

श्रावण २७ 
अमेरिकाकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले संघीय जाँच ब्यूरो ९एफबीआई० लाई आफ्नो ईमेल सर्भर उपलब्ध गराउने भएकी छन् ।डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका लागि उम्मेदवार बन्ने अभियानमा लागेकी उनले आफू विदेशमन्त्री रहँदा प्रयोग गरेको ईमेलबारे भइरहेको छानविनका लागि सघाउन यस्तो कदम चालेकी हुन् । विदेशमन्त्री रहँदा निजी ईमेल प्रयोग गरेको आरोपमा उनी विवादमा तानिएकी थिइन् । विदेशमन्त्रीका रुपमा निजी ईमेल प्रयोग गर्नु सुरक्षा र सरकारी निती विपरीत रहेको आलोचकहरुको भनाई छ । उनले यस अघि नै हजारौं पानाको ईमेल विदेश विभागलाई सुम्पिएकी थिइन् तर सर्भर भने उपलब्ध गराएकी थिइनन् । उनको ईमेलका बारेमा संघीय जाँच ब्यूरोले अनुसन्धान गरिरहेको छ । राष्ट्रपति पदका लागि उम्मेदवारी हासिल गर्ने दौडमा हिलारीलाई निजी ईमेलको मुद्दा ठूलो अड्चन बनिरहेको छ । सोही मुद्दाका कारण उनको लोकप्रियता समेत घट्दै गएको बताइन्छ । अमेरिकी कानुन अनुसार आधिकारिक रुपमा भएका पत्राचार अमेरिकी सरकारको सम्पत्ति मानिन्छ । तर विदेशमन्त्री रहँदा हिलारीले निजी ईमेल प्रयोग गरेको बताइन्छ । विदेशमन्त्रीका रुपमा उनले झण्डै ६० हजार ईमेल पठाएकी थिइन् । तीमध्ये आधाजसो उनको ओहोदासँग जोडिएका ईमेल रहेको बताइन्छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC