श्रावण २७
नाइजेरियाको बोर्नो प्रान्तमा भएको शक्तिशाली विस्फोटमा ४७ जनाको मृत्यु भएको छ । बोर्नो प्रान्तको साबोन गारी नगरमा भएको विस्फोटमा थुप्रै घाइते भएका छन् । विस्फोटका कारण नगरका धेरै घर ध्वस्त भएका छन् भने दर्जनौं सवारी–साधनमा क्षति पुगेको छ । आतंकवादी समूह ‘बोको हराम’ सक्रिय रहेको यो प्रान्तमा भएको विस्फोट बोको हरामले नै गराएको नाइजेरियाली सेनाको दाबी छ । यद्यपि, बोको हरामले भने जिम्मेवारी लिएको छैन । नाइजेरियाका राष्ट्रपति मोहमद बुहारीले सत्ता सम्हालेदेखि हालसम्म ८ सयजनाको ज्यान गइसकेको छ ।
Post a Comment