Home » » फोनिज चितवनका अध्यक्ष चौधरी सम्मानीत

फोनिज चितवनका अध्यक्ष चौधरी सम्मानीत

Written By Unknown on Monday, August 10, 2015 | 5:10 AM


चितवन, साउन  २४
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज चितवनका अध्यक्ष सन्तकुमार चौधरीलाई आज सम्मान गरिएको छ । २१ औं विश्व आदिवासी जनजाति दिवस २०७२ को अवसरमा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् चितवनले आदिवासी जनजातीहरुको हक हितका लागि नेपाली सञ्चार क्षेत्रमा रहेर कलम चलाएको भन्दै सम्मान पत्र र दोसल्ला ओढाएर अध्यक्ष चौधरीलाई सम्मान गरिएको हो । कार्यक्रममा सम्मान–पत्र ग्रहण गर्दै चौधरीले सञ्चार माध्यममा विगतका तुलनामा आदिवासी जनजाती पत्रकारहरुको संख्यामा बृद्धि भएपनि व्यवसायीक पत्रकारिता गर्नैहरुको संख्या अझै न्यून रहेको बताए । पत्रकारिता पेशा आफैमा चुनौतीपूर्ण पेशा भएकोले यसलाई व्यवसायिक बनाउन अझै चूनौतीपूर्ण रहेको चौधरीको भनाई छ । सञ्चारगृहहरुले समयमा पारिश्रमिक नदिनुको कारण नै मुख्य चुनौती भएकोले सञ्चार माध्यममा आइसकेकाहरुले पनि निरन्तरता दिन नसकेको उनले बताए । फोनिज चितवनका अध्यक्ष चौधरी २०५९ सालदेखि निरन्तर पत्रकारिता क्षेत्रमा आवद्ध छन् । पूर्वी चितवनको पदमपुर गाविस वडा नं। ५ का चौधरी ०६२÷०६३ को जनआन्दोलका समयमा विभिन्न खालका चुनौती पार गर्दै निरन्तर रुपमा पत्रकारिता क्षेत्रमा आवद्ध छन् । चितवनको पारदर्शी दैनिक पत्रिकाबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका चौधरी २०६४ सालमा वैदेशिक रोजगारका लागि पत्रकारिता पेशालाई छाडेर मलेशिया पुगेका थिए । तर मलेशिया बसुञ्जेल पनि उनले मेलेसियार नेपालमा एकैपटक प्रकाशित हुने श्रम साप्ताहिक नामक पत्रिकामा काम गरे । ३ बर्षको मलेशिया बसाइपछि नेपाल फर्कीए लगतै उनले मौफसलको पत्रकारितालाई निरन्तरता दिए । अहिले न्यूज २४ टेलिभिजनका मध्यमाञ्चल ब्यूरो प्रमुखको रुपमा कार्यरत चौधरी चितवनबाट प्रकाशित हुँदै आएको नारायणी सेरोफेरो साप्ताहिकका प्रधान सम्पादक हुन् ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC