Home » » जापानले परमाणु उर्जाबाट पुनः विद्युत् उत्पादन गर्ने

जापानले परमाणु उर्जाबाट पुनः विद्युत् उत्पादन गर्ने

Written By Unknown on Tuesday, August 11, 2015 | 6:08 AM

श्रावण २६ 
जापानले फुकुशिमा परमाणु दुर्घटनाको चार वर्षपछि पुनः परमाणु उर्जाबाट विद्युत् उत्पादन गर्ने भएको छ । क्युशु इलेक्ट्रिक पावर कम्पनीले परमाणु विखन्डन प्रक्रिया सुरु हुने दक्षिण जापानस्थित सेदाई संयन्त्रको रियाक्टर नम्बर एकबाट कन्ट्रोल रडहरु हटाएको छ । पुनः परमाणु उर्जा निकाल्न लागेकोमा व्यापक विरोध भए पनि जापानभरका विद्युत् कम्पनीहरुले बन्द रहेका २५ रियाक्टर फेरि सुरु गर्न अनुमति मागेका थिए । तर, यी कम्पनीहरुले रियाक्टर पुनः सुरु गर्न नयाँ कडा सुरक्षा नियम पालन गर्नुपर्ने छ । क्युशु कम्पनीले नयाँ सुरक्षा उपकरण जडान गर्न १२ करोड डलर खर्च गरेको जनाएको छ । क्युशुले सेदाईमा एक नम्बर रियाक्टरले काम सुरु गरिसकेको बताएको छ । यो रियाक्टरमा शुक्रबारबाट परमाणु बिजुली उत्पादन गर्न सुरु गर्ने अनुमान गरिएको छ भने अर्को महिना यसले पूरै क्षमताबाट काम गर्ने छ । सन् २०११ को मार्च ११ मा आएको भूकम्प र त्यसपछिको सुनामीका कारण फुकुशिमास्थित दायची प्लान्टमा ठूलो क्षति पुगेको थियो । यसपछि त्यहाँबाट रेडियोधर्मी पदार्थ फैलन सुरु गरेको थियो । यसलाई युक्रेनमा सन् १९८६ को चेर्नोबिल आणविक दुर्घटनापछिको सबैभन्दा ठूला परमाणु संकट मानिन्छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC