Home » » ठोरीवासीले आफुहरुलाई चितवनमा समाहित गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र

ठोरीवासीले आफुहरुलाई चितवनमा समाहित गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र

Written By Unknown on Tuesday, August 11, 2015 | 6:06 AM


साउन  २६,चितवन
पर्सा जिल्ला अन्र्तगत पर्ने ठोसविासीहरुले आफुहरुलाई चितवनमा समाहित गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापनपत्र बुझाएका छन् । ४ दलहरुले गरेको सिमाङ्गकनमा आफुहरुको आवाज नसुनिएको भन्दै संर्घषमा उत्रिएका पर्सा ठोरीका जनताले जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापन पत्र बुझाएका हुन् । सर्वपक्षिय सर्बदलीय २५ सदस्यीय संर्घष समीतीले भौगोलिक,सास्कृतिक, आर्थिक, सामाजिक सबै कोणबाट एक रहेको ठोरी सहितका तिन गाविसलाई मधेशमा नभई राजधानी प्रदेश नं ३ मा गाभिनुपर्ने माग सहितको ज्ञापन पत्र चितवनका सहायक प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् । ३ पृष्ठ लामो ज्ञापनपत्रमा २०३३ साल अघि चितवनमै रहेको ठोरी सहितका तीन गाविस २०३४ साल पछि विभिन्न बाध्यत्मक कारणले पर्सामा गाभिएर फेरी हाल दलहरुले गरेको संघियताको सिमाङ्गकनले मधेशमा गाभेको प्रति ठोरी बासी संर्घषमा उत्रिनु परेको उल्लेख छ । हरेक कोण बाट चितवन संग एकता भएकाले चितवनमै गाभिनु पर्ने माग उनीहरुको छ । । यसैबिच संर्घषको समितिले आजै चितवन जिल्लाका राजनैतिक दलहरुसगं छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत गरेको छ । कार्यक्रममा चितवन जिल्लाका राजनैतिक दलहरुले पनि ठोरीका जनताले उठाएको माग जाएज भएको र ठोरी सहितका तीन गाविसलाई चितवनमा गाभ्दा चितवनको आर्थिक विकासमा ठुलो सहयोग पुग्ने बताएका छन् । भारतसगं चितवन सिमामा जोडिएपनि पहाडका कारण आयात निर्यात असम्भव भएको र त्यसको एक मात्र विकल्प ठोरी गाविसको नाका भएकाले पनि ठोरीलाई चितवनमा गाभ्नु पर्ने मागलाई प्रमुख मुद्दा बनाएका छन् । पर्सामा ८२ गाविस मध्ये तीन गाविस मा बढि पहाडीवस्तीको बाहुल्यता रहेको छ । सोही गाविसहरुले नै हाल चितवनमा गाभिन संर्घष समिति बनाएर आन्दोलित भएका थिए ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC