Home » » सप्तकोशी नदीमा पानीको बहाव बर्षकै उच्च

सप्तकोशी नदीमा पानीको बहाव बर्षकै उच्च

Written By Unknown on Saturday, August 22, 2015 | 5:24 AM

भदौ ०५
सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रम जारी छ । पहाडी जिल्लामा लगातार वर्षा भएकाले ६ दिन यता नदीमा पानीको बहाव बढ्ने क्रम नरोकिएको हो । नदीमा पानीको बहाव बर्षकै उच्च भएको छ । कोशी व्यारेजमा गए राती १० बजे गरिएको मापनमा नदीमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख ८ सय ९८ क्यूसेक पुगेको थियो । आज बिहान सात बजेको मापनमा भने बहाव केही घटेर १ लाख ९१ हजार ४ सय ८० मा झरेको छ । गए राती ब्यारेजका ५६ मध्ये २७ वटा ढोका खोलिएकोमा अहिले २५ वटा मात्र ढोका खोलिएको छ । नदीमा पानी बढेपछि ब्यारेजमा खतराको संकेत रातो बत्ती बाली एकतर्फी सवारी चलाइएको छ । प्रतिसेकेण्ड १ लाख ५० हजार क्युसेक पानी नाघेपछि खतरा मानिन्छ । सुनसरीको लौकही, महेन्द्रनगर, चतरा र भण्टाबारी सप्तकोशीको सबैभन्दा जोखिमपूर्ण र प्रभावित क्षेत्र मानिन्छ । प्रशासनले ६ दिन यता यस क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीको उद्धार टोली तयारी अवस्थामा राखेको छ भने स्थानीयलाई सचेत गराइएको छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC