भाद्र ५
भूकम्पबाट विस्थापित भएका २४ घरपरिवारलाई नेपाल ग्रामीण पुनर्निमार्ण संस्थाले अस्थायी घर निर्माण गरी आज हस्तान्तरण गरेको छ । शक्तिखोर गाउँ विकास समिति वडा नं. ९ को जुटपानी चोकमा रहेको सरकारी जग्गामा २४ घर निर्माण गरी काउले गाविस वडा नं. ४ गुछीबाङका विस्थापितहरुलाई हस्तान्तरण गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले ती घरका साचो विस्थापित परिवारहरुलाई हस्तान्तरण गर्नुभयो । संस्थाले ४० लाख रुपैयाँको लागतमा ती घर निर्माण गरेको फिल्ड सुपरभाईजर मञ्जु खाँडले बताउनुभयो । सो संस्थाले जीविकोपार्जनको लागि १० घरलाई आरन, ७ घरलाई सिलाई मेसिन, पाँच घरलाई वेल्डिङ मेसिन, र २ परिवारलाई साईकल समेत उपलब्ध गराएको छ । दुई महिना लगाएर ती घर निर्माण गरिएको सो अवसरमा जानकारी दिईएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिंह, स्थानीय विकास अधिकारी भरतमणि पाण्डे लगायत जिल्लाका दलका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । शक्तिखोरको गुछिबाङमा भूकम्पले जमिन धाँजा फाटेपछि प्राविधिकले बस्न अयोग्य ठह¥याएसँगै ती परिवारलाई स्थानान्तरण गरिएको थियो । चितवनमा भूकम्पका कारण तीन सय ४५ घरपरिवार विस्थापित भएका थिए ।
Post a Comment