Home » » लिबियाको तटीय क्षेत्रमा आप्रवासी सवार डुंगा डुब्यो, कयौं बेपत्ता

लिबियाको तटीय क्षेत्रमा आप्रवासी सवार डुंगा डुब्यो, कयौं बेपत्ता

Written By Unknown on Friday, August 28, 2015 | 1:59 AM


भदौ ११ 
लिबियाको तटीय क्षेत्रमा आप्रवासीलाई लिएर गइरहेको एउटा डुंगा दुर्घटना हुँदा कयौं मानिस बेपत्ता भएका छन् । डुंगामा ४ सयभन्दा बढी सवार थिए ।  आप्रवासी बोकेको डुंगा लिबियाली शहर जुवारा नजिक पल्टिएर दुर्घटना भएको हो । दुर्घटनापछि २१ जनाको उद्धार गरिएको छ । अझै सयौं मानिस हराइरहेकाले धेरै मानिस मरेको आशंका गरिएको छ । एक जना स्थानीयबासिन्दाको भनाई उदृत गर्दै बीबीसीले कम्तिमा एक सय जनाको शव अस्पतालमा रहेको जनाएको छ । लिबियाली तट रक्षक बलले दुर्घटना भएको डुंगा खोज्ने अभियान चलाएको छ । यस वर्ष लिबियाको बाटो हुँदै युरोप जान प्रयास गर्नेहरुमध्ये दुई हजारभन्दा बढीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC