पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ रजा गिलानीविरुद्ध पक्राउ आदेश जारी गरिएको छ । पाकिस्तानको एक अदालतले भ्रष्टाचारसम्बन्धी विभिन्न १२ वटा मुद्दाको सुनुवाई गर्ने क्रममा उनीविरुद्ध पक्राउ आदेश जारी गरेको हो । अदालतले पूर्व मन्त्री मखदुम अमीन फहिमविरुद्ध पनि पक्राउ आदेश जारी गरेको छ । यी दुबैले सत्तामा रहँदा लाखौं अमेरिकी डलर घुस लिएको अभियोग लगाइएको छ । गिलानी सन् २००८ देखि सन् २०१२ सम्म पाकिस्तानको प्रधानमन्त्री बनेका थिए । उनी हाल पाकिस्तान पिपुल्स पार्टीका उपाध्यक्ष छन् । पाकिस्तान पिपुल्स पार्टीले भने गिलानी र फहिमविरुद्ध लगाइएका आरोप राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाएको छ । अदालतले संघीय अनुसन्धान एजेन्सी ९एफआइए० लाई गिलानी र फहिमलाई १० सेप्टेम्बरमा अदालतमा पेश गर्न आदेश दिएको छ । गिलानीले सुनुवाई अघि गिरफ्तारीबाट जोगिनका लागि गिरफ्तारी टार्नका लागि माथिल्लो अदालतमा जमानतका लागि अपील गर्नसक्ने जनाइएको छ । तर फहिम भने बे्लायतमा क्यान्सर रोगको उपचाररत रहेका कारण उनी अदालतमा उपस्थित हुन कठिन रहेको स्रोतले जनाएको छ ।
Home »
International
» पाकिस्तानका पूर्व प्रधानमन्त्रीविरुद्ध पक्राउ आदेश जारी
पाकिस्तानका पूर्व प्रधानमन्त्रीविरुद्ध पक्राउ आदेश जारी
Written By Unknown on Friday, August 28, 2015 | 1:56 AM
Labels:
International
Post a Comment