Home » » द्धन्द्ध र रक्तपातबाट माथि उठाउने संविधान जारी हुँदैः सिंह

द्धन्द्ध र रक्तपातबाट माथि उठाउने संविधान जारी हुँदैः सिंह

Written By Unknown on Saturday, August 22, 2015 | 5:08 AM


भाद्र ५
नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले देशलाई द्धन्द्ध र रक्तपातबाट माथि उठाउने संविधान जारी गर्न राजनैतिक दलहरु लागि परेको बताउनु भएको छ । यसका लागि अहिले राजनैतिक दलहरु गृहकार्यमा रहेको भन्दै छिट्टै जनताले चाहे अनुसारको संविधान आउने बताउनुभयो । वीपि स्मृति यूवा क्लवले आज पूर्वी चितवनको पर्सामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्धघाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै पक्षलाई समेटेर सविंधान बनाउने बताउनुभएको  छ । कार्यक्रममा बोल्दै उहाँले अब बन्ने संबिधान लोकतान्त्रिक मूल्य मान्यतालाई आधार बनाई जारी गरिने बताउनुभयो । पार्टीको १३ औं महाधिवेशन गुटगत राजनीतिको अन्त्य गर्ने बताउनु भएको छ । उहाँले अब भागबण्डामा आधारित राजनीति नगरि अबको महाधिवेशनले जनप्रिय र क्षमतावान व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने बताउनुभएको छ । क्लवका अध्यक्ष प्रज्वल दवाडीको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ, संविधानसभा सदस्य शेषनाथ अधिकारी, नेपाली कांग्रेसको महासमिती सदस्य राजेन्द्रप्रसाद बुर्लाकोटी लगाएतले बोल्नुभएको थियो । 

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC