Home » » नेपाल र बंगलादेश सेमिफाइनलमा, भुटान बाहिरियो

नेपाल र बंगलादेश सेमिफाइनलमा, भुटान बाहिरियो

Written By Unknown on Saturday, August 22, 2015 | 5:28 AM

भदौ ५ 
आयोजक नेपाल र बंगलादेश साफ यु–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी प्रतियोगिताको समूह चरणका दुबै खेल हारेसँगै भुटान बाहिरिँदा नेपाल र बंगलादेश एक खेल खेल्न बाँकी छँदै सेमिफाइनलमा पुगेका हुन् । पहिलो खेलमा नेपालसँग ३–१ ले हारेको भुटान अन्तिम खेलमा शनिबार बंगलादेशसँग २–० ले पराजित भयो । अब समूह विजेता बन्नका लागि सोमबार नेपाल र बंगलादेश भिड्दै छन् । प्रतियोगिताअन्तर्गत् आइतबार भारत र अफगानिस्तान भिड्दै छन् । भारतले पहिलो खेल खेल्दै गर्दा अफगानिस्तानले माल्दिभ्सलाई हराएको थियो ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC