Home » » आइएस प्रमुख बग्दादीले अमेरिकी बन्धक महिलाको बलात्कार गरेको खुलासा

आइएस प्रमुख बग्दादीले अमेरिकी बन्धक महिलाको बलात्कार गरेको खुलासा

Written By Unknown on Saturday, August 15, 2015 | 12:30 AM

श्रावण ३० 
अतिवादी इस्लामिक संगठन ‘आईएस’का नेता अबु बकर अल बगदादीमाथि एक अमेरिकी सहायताकर्मीमाथि बारम्बार बलात्कार गरेको आरोप लागेको छ ।सिरियामा यसै वर्षको फेब्रुअरीमा मारिएकी अमेरिकी सहायताकर्मी २६ वर्षीया कायला म्यूलरलाई आईएस नेता अबु बकरले आफ्नो नियन्त्रणमा रहँदा बारम्बार बलात्कार गरेको दाबी ती अधिकारीले गरेका छन् । अधिकारीहरुले जून महिनामै यसबारेमा म्यूलरको परिवारलाई जानकारी गराएको जनाइएको छ । हाल कायलाका परिवारले यसको खुलासा गरेका हुन् । कायलाका आमाबुवाले अमेरिकी टेलिभिजन च्यानल ‘एबीसी’लाई जनाएअनुसार आइएस प्रमुख बग्दादीको नियन्त्रणमा रहँदा कायलाको यौन उत्पीडन भएको थियो । उनीहरुलाई अमेरिकी सरकारका तर्फबाट यस्तो जानकारी गराइएको थियो । कायलाको सन् २०१३ मा सिरियाबाट अपहरण गरिएको थियो । आईएसले भने उनी जोर्डनको हवाई आक्रमणमा मारिएको जनाएको थियो ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC