साउन ३०
स्पेनिस सुपर कपको पहिलो लेगमा बार्सिलोना पराजित भएको छ । आज बिहान भएको खेलमा एथ्लेटिक बिल्बाओसँग ४–० को फराकिलो अन्तरले बार्सिलोना पराजित भएको हो । लुईस इनरिकको प्रशिक्षणमा बार्सिलोनाको यो अहिलेसम्मकै लज्जास्पद हार हो । बिल्बाओलाई जिताउन अर्टिज अडुरिजले ह्याट्रिक गरे । उनले तीनवटै गोल दोश्रो हाफमा गरेका हुन् । उनी पछिल्ला ३ सिजनमा बिल्बाओका शीर्ष गोलकर्ता हुन् । खेलमा मिकेल सान जोसेले खेलको १३ औं मिनेटमा नै बिल्बाओलाई अग्रता दिलाएका थिए । बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकले हारको जिम्मेवारी लिँदै टिममा रोटेशन बनाएको र त्यसैका कारण हार्नुपरेको बताए ।
Post a Comment