साउन १९

एसएलसीको पुरक परीक्षाका लागि चितवनमा सम्पूर्ण तयारी पुरा भएको जिल्ला शिक्षा कार्यलय चितवनले जनाएको छ । एसएलसी पुरक परीक्षामा जिल्लाबाट २ हजार ८ सय ८ जना परीक्षार्थी सहभागि हुने जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले जानकारी दिनुभयो । उहाका अनुसार चितवनमा ५ वटा परीक्षा केन्द्र तोकिएको छ । जसमा भरतपुर उमावि, नारायणी नमुना उमावि, बालकुमारी कन्या उमावि र बालकुमारी उमावि र चितवन उमावि, रहेका छन् । परीक्षा २० गतेदेखि २७ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुनेछ ।परीक्षा शनिवार पनि सञ्चालन हुने आचार्यले बताउनुभयो ।
एसएलसीको पुरक परीक्षाका लागि नवलपरासीमा सम्पूर्ण तयारी पुरा भएको छ ।साउन २० गतेदेखि सुरु हुने एसएलसी परीक्षाको तयारी पूर्ण रुपमा भएको नवलपरासीका जिल्ला शिक्षा अधिकारी खड्गबहादुर कमालले बताउनुभएको छ । एसएलसी पुरक परीक्षामा नवलपरासीबाट २ हजार ६ सय ६२ जना परीक्षार्थी परीक्षामा सामेल हुँदैछन् । परासीमा २ वटा र कावासोतीमा ३ वटा गरि ५ वटा नवलपरासीमा परीक्षाकेन्द्र तोकिएको छ । परीक्षा केन्द्रहरु परासीमा रहेका आदर्श उमावी, पवन उमावीमा, कावासोतीको शिव उमावी, ज्ञानोदय मावी र शहिद उमावीमा रहेको जिल्ला शिक्षा अधिकारी कमालले बताउनुभएको छ ।
Post a Comment