Home » » मानव अधिकार फाउन्डेसनद्धारा बार्सिलोनाका स्टार स्टाइकर मेस्सीको आलोचना

मानव अधिकार फाउन्डेसनद्धारा बार्सिलोनाका स्टार स्टाइकर मेस्सीको आलोचना

Written By Unknown on Monday, August 3, 2015 | 11:47 PM

साउन १९
मानव अधिकार फाउन्डेसन एचआरएफ० ले स्पेनिस क्लब बार्सिलोनाका स्टार स्टाइकर लियोनल मेस्सीको आलोचना गरेको छ । मेस्सीले गएको महिना गोबान भ्रमणको क्रममा तानाशाहीको समर्थन गरेको भन्दै एचआरएफले उनको आलोचना गरेको हो । मेस्सीले गएको महिना सन् २०१७ मा हुने अफ्रिका कप अफ नेशनसको तयारी गरिहेको गोबानको भ्रमण गरेका थिए । मेस्सीले त्यस क्रममा गोबानका राष्ट्रपति अली बोन्गो अनडेम्बालाई भेटेका थिए । विवादित नेता बोन्गोमाथि मानव अधिकारको सम्मान नगरेको आरोप लाग्ने गरेको छ । राष्ट्रपति बोन्गोले ठूलो संख्यामा बालबालिकाको हत्या भएको सम्बन्धमा गर्ने भनिएको अनुसन्धान गर्न दिएका थिएनन् । यसले उनी मानव अधिकारको पक्षमा नरहेको एचआरएफले आरोप लगाएको छ । मेस्सीले बोन्गोलाई भेटेर मानव अधिकार उल्लंघन गर्ने तानाशाहीलाई साथ दिएको एचआरएफको आरोप छ । मेस्सीले गोबान भ्रमणको क्रममा बन्न लागेको एक नयाँ फुटबल स्टेडिमको शिलान्यास पनि गरेका थिए ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC