Home » » अमेरिकी पूर्वराष्ट्रपति कार्टरलाई क्यान्सर

अमेरिकी पूर्वराष्ट्रपति कार्टरलाई क्यान्सर

Written By Unknown on Wednesday, August 12, 2015 | 11:41 PM

श्रावण २८ 
अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको फोक्सोमा क्यान्सर रोगको संक्रमण पाइएको छ । शरीरका अन्य भागमा क्यान्सर फैलने खतरा भएपछि उनको शल्यक्रिया गरिदैंछ । बुधबार पूर्वराष्ट्रपति कार्टरले आफू अस्वस्थ्य भएको जनाएका छन् । विज्ञप्ति जारी गर्दै उनले आफू क्यान्सरबाट पिडीत भएको र उपचारका लागि अस्पताल पुगेको जनाएका छन् । ९० वर्षीय कार्टरले इमोरी हेल्थकेयर अस्पतालका चिकित्सकहरु आफ्नो उपचारमा संलग्न रहेको जनाएका छन् । स्वास्थ्योपचारका प्रगतिबारे थप विवरण कम्तीमा एक सातापछि सार्वजनिक हुने उनले जनाएका छन् । कार्टरको परिवारका अन्य सदस्यहरुलाई पनि क्यान्सर भएको थियो । डमोक्रेट पार्टीका तर्फबाट कार्टर अमेरिकाको ३९ औं राष्ट्रपति भएका थिए । उनले १९७७ देखि १९८१ सम्म ३९ औं राष्ट्रपतिका रुपमा अमेरिकाको नेतृत्व गरे ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC