Home » » श्रीलंकामा महिन्दा राजापाक्षेको पार्टी पराजित

श्रीलंकामा महिन्दा राजापाक्षेको पार्टी पराजित

Written By Unknown on Wednesday, August 19, 2015 | 3:41 AM


भदौ २ 
श्रीलंकामा सम्पन्न आम निर्वाचनमा सत्तासिन युनाइटेड नेशनल पार्टी सबैभन्दा ठूलो दल बनेको छ । कुल २ सय २५ सिटका लागी गत सोमवार भएको निर्वाचनमा प्रधानमन्त्री रानील बिक्रमसिंघेको नेसनल पार्टीले १ सय ६ सिट जितेको छ । पूर्व राष्ट्रपति माहिन्दा राजापाक्षेको युनाईटेड पिपुल्स फ्रिडम अलाएन्स ९५ सिटमा खुम्चिएपछि प्रधानमन्त्रीका रुपमा शक्तिमा फर्कने राजापाक्षेको योजना असफल भएको छ । यद्यपी राजापाक्षेले आफू विपक्षी नेताको हैसियतमा संसद्मा रहने प्रष्ट पारेका छन । गत जनवरीमा सम्पन्न राष्ट्रपति निर्वाचनमा आफ्नै स्वास्थ्य मन्त्री मैत्रीपाला सिरिसेनासँग पराजित भएपछि राजापाक्षे प्रधानमन्त्री बन्ने सपनाका साथ यो आम चुनाव लडेका थिए ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC