भाद्र ५
इलाका प्रहरी कार्यालय रत्ननगरमा भर्खरै आउनुभएका प्रहरी नायव उपरीक्षक जयराज सापकोटालाई सौराहाका व्यवसायीले स्वागत गरेका छन । रेष्टुरेण्ट एण्ड वार एशोसियसन रेवान सौराहाले एक कार्यक्रमको आयोजना गरी डिएसपी सापकोटालाई स्वागत गरेको हो । कार्यक्रम सौराहाका व्यवसायीहरुले पर्यटकीय क्षेत्र सौराहामा शान्ति सुव्यवस्था कायम गर्ने काममा प्रहरीको सक्रियता बढाईदिन डिएसपी सापकोटासंग आग्रह गरेका थिए । पर्यटकीय क्षेत्र आफैमा सुरक्षित क्षेत्र भएपनि समय समयमा केही अराजक व्यक्तिहरुले दुख दिने गरेको भन्दै व्यवसायीहरुले त्यस्ता व्यक्तिहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन आग्रह गरेका थिए । कार्यक्रममा क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ज्ञानेन्द्र कुमार विष्ट,साना पर्यटन व्यवसायी समुह सौराहाका अध्यक्ष कृष्ण केसी,रेवानका पूर्व अध्यक्ष पुरुर्षोत्तम श्रेष्ठ,सामुदायिक सेवा केन्द्र रत्ननगरका अध्यक्ष भूपेन्द्र अधिकारी लगायतले वोल्नुभएको थियो । कार्यक्रम रेष्टुरेण्ट एण्ड वार एशोसियसन रेवान सौराहाका अध्यक्ष राजन भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Post a Comment