भदौ ६

इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसले एस्टनभिल्लालाई पराजित गरेको छ । गए राति भएको खेलमा सकोले अन्तिमतिर गरेको गोलको मदतमा क्रिष्टल प्यालेसले भिल्लामाथि २–१ को जित निकालेको हो । खेलमा प्यालेसले ७१ औं मिनेटमा स्कट डनको गोलबाट अग्रता लिएको थियो । त्यसअघि ६० औं मिनेटमा प्यालेसले गोल गरेपनि अफसाइड भएको थियो । ७७ औं मिनेटमा प्यालेसका पेप सुअरले आफ्नै पोष्टमा गोल गरेपछि एस्टन भिल्लाले राहतको सास फे¥यो । तर, खेल सकिन केही मिनेट मात्र बाँकी छँदा सकोले गोल गर्दै टीमलाई २–१ को जित दिलाए । क्रिष्टल प्यालेसले सुरुवाति दुई खेल जितेको छ र ६ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ
।
Post a Comment