भदौ ५

गामवेसीको चेपाङ संरक्षण केन्द्रले सशस्त्र प्रहरी सिमा सुरक्षा बल आपटारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शम्भू प्रसाद उप्रेतीलाई सम्मान तथा विदाई गरेको छ । लामो समय देखि केन्द्रलाई सहयोग गर्दै आईरहेका उप्रेती काठमाडौं सरुवा भएपछि केन्द्रले प्रमाणपत्र सहित खादा ओढाएर सम्मान तथा विदाई गरेको हो । सो अबसरमा उप्रेतीले आफु देशको जुनसुकै भू–भागमा पुगेपनि केन्द्रलाई सहयोग गरिरहने बताउनुभयो । मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्रका प्रमुख एसएसपी रमेश खरेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा केन्द्रका सल्लाहाकारहरु देबेन्द्र श्रेष्ठ,भेषराज दुवाडी,वालगोपाल चुके,सामुदायिक सेवा केन्द्रका अध्यक्ष भूपेन्द्र अधिकारी,पञ्चतेजज्योति राप्राविका अध्यक्ष रामबहादुर गोतामे लगायतले वोलेका थिए । कार्यक्रम केन्द्रका अध्यक्ष केपिकिरण शर्माको अध्यक्षतामा भएको थियो । यसैबीच केन्द्रमा पहिलो पटक पुगेका एसएसपी रमेश खरेलले केन्द्रमा आश्रित वालवालिकाहरुको दीर्घकालिन भरणपोषणको लागि अक्षय कोष निर्माण गर्नुपर्ने र त्यसको सुरुवात आफैवाट गर्ने घोषणा गर्नुभयो । उहाँले महिनाको एक पटक केन्द्रमा आश्रित चेपाङ वालवालिकाहरुलाई मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र लैजाने र विभिन्न खेलकुदका कलाहरु सिकाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Post a Comment