Home » » चितवनमा अझै २५ प्रतिशत धान रोप्न बाकी

चितवनमा अझै २५ प्रतिशत धान रोप्न बाकी

Written By Unknown on Tuesday, August 11, 2015 | 5:18 AM

साउन२६, चितवन 

चितवन जिल्लामा ७५ प्रतिशत जमिनमा मात्र धान रोपाईं सकिएको जिल्ला कृषि विकास कार्यालय चितवनले जानकारी दिएको छ । सिचाईंको असुविधाका कारण बर्षाको भर पर्नुपर्ने बाध्यता हुदा अझै २५ प्रतिशत जमिनमा रोपाई हुन नसकेको जिल्ला कृषि विकास कार्यालय चितवनका प्राविधिक सहायक नोदनाथ लामिछानेले जानकारी दिनुभयो । नारायणी लिफ्ट सिंचाईं र खगेरी सिंचाईमा पानी छोड्न ढिलाई गरिंदा रोपाईं प्रभावित भएको जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सोमनाथ घिमिरेले बताउनुभयो । कार्यालयका प्राविधिक सहायक लामिछानेका अनुसार पश्चिम चितवन, भरतपुर र माडिका केहि क्षेत्रमा सिंचाइ अभावका कारण रोपाई गर्न बाकी छ । धान राम्रो फल्ने पश्चिम चितवनका दिव्यनगर, मेघौली, मंगलपुर, गुञ्जनगर, शारदानगर, पार्वतीपुर, फूलवारी, शिवनगर र पटिहानी क्षेत्रमा रोपाई जारी छ । चितवनमा गत बर्ष २९ हजार ५ सय ७५ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । यस बर्ष सो भन्दा १ सय ७५ हेक्टर कम क्षेत्रमा धान रोपिने कृषि कार्यालयले जनाएको छ । चितवनबाट हरेक बर्ष १० हजार मेट्रिकटन धान अन्य जिल्लामा निर्यात हुने गरेको छ । चितवनमा सावित्री, राधा–४, सावा मन्सुली, सोना मन्सुली, मकवानपुरे, रामधान लगायतका धान लगाउने गरिन्छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC