भदौ ७
कैलालीको टिकापुरमा थरुहट पक्षको आन्दोलन उग्र बन्दै जाँदा प्रदर्शनकारीले प्रहरीको हत्या गरेका छन् । प्रदर्शनकारीसँगको भिडन्तमा परी इन्सपेक्टर र एसएसपीसहित २१ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । प्रदर्शनकारीले धारिलो हतियारले प्रहरीलाई प्रहार गरेर हत्या गरेको बताइएको छ । ९ प्रहरीको मृत्यु भएको डिएसपी विश्वराज खड्काललाई उद्धृत गर्दै स्थानीय सञ्चारकर्मीले जनाएका छन् । घटना कसरी यति हिंसात्मक भयो खुल्न बाँकी छ । समाचारमा जनाइए अनुसार प्रदर्शनकारीहरुले हिंसात्मक आक्रणमा घरेलु हतियार प्रयोग गरेर एसएसपी लक्ष्मण न्यौपाने, इन्सपेक्टर बलराम विष्ट, केशव बोहोरलाई विभत्स आक्रमण गरेका थिए । एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी हवल्दारद्वय राम बिहारी चौधरी र ललित साउदको घटनामा ज्यान गएको समाचार छ । प्रदर्शनकारी र प्रहरीबीच भिडन्त हुँदा आन्दोलनकारी पनि मारिएको बताइएको छ । तर कति प्रहरी र आन्दोलनकारीको ज्यान गएको यसको पुष्टी हुन बाँकी नै छ । घटनामा ३५ जना प्रहरी र १७ जना प्रदर्शनकारी घाइते भएको पुष्टी प्रहरीले गरेको छ ।घटनापछि एसएसपी सहितका प्रहरी अधिकारीहरु समेत सम्पर्क बाहिर पुगेका छन् । उनीहरु मध्ये कतिजना सकुशल छन् भन्ने समेत पुष्टी हुन बाँकी छ ।हजारौंको संख्यामा रहेका प्रदर्शनकारीले भाला, खुकुरी, छुरी, बञ्चरोसहित सडकमा निस्किएका थिए ।प्रशासनले लगाएको कर्फ्यू तोड्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच भिडन्त भएको हो ।
Post a Comment