Home » » दंगाग्रस्त क्षेत्रमा सेना परिचालन गर्ने सरकारको निर्णय, सुरक्षाकर्मीलाई जिउँदै जलाइयो

दंगाग्रस्त क्षेत्रमा सेना परिचालन गर्ने सरकारको निर्णय, सुरक्षाकर्मीलाई जिउँदै जलाइयो

Written By Unknown on Monday, August 24, 2015 | 6:15 AM


भदौ ७ 
सरकारले दंगाग्रस्त क्षेत्रहरुमा सेना परिचालन गर्ने निर्णय गरेको छ । कैलालीमा आन्दोलनका नाममा सोमबार ठूलो संख्यामा प्रहरी सुरक्षाकर्मी मारिएलगत्तै बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले दंगाग्रस्त क्षेत्रहरुमा सेना परिचालन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको हो । घटनापछि व्यवस्थापिका संसद बैठकमा बोल्दै गृहमन्त्री बामदेव गौतमले कैलालीमा नियोजित रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई घेराबन्दी गरी भाला, खुकुरी, बन्चरो जस्ता घरेलु हतियारबाट आक्रमण गरी सुरक्षाकर्मीको हत्या गरिएको जानकारी दिए । उनले आक्रमणकारीले प्रहरीहरुलाई जिउँदै आगो लगाएकोसमेत जानकारी दिए । आक्रमणकारीहरु गाउँमा गएर लुकेको सूचना प्राप्त भएको पनि उनले जानकारी दिए । रौहहटमा पनि दक्षिणतिरबाट मानिसहरु सदरमुकामतर्फ आइरहेको तथा सर्लाहीमा पनि त्यस्तै भइरहेको भन्दै दंगाग्रस्त क्षेत्रमा सेना परिचालन गर्ने निर्णय गरेको गृहमन्त्री गौतमले बताए ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC