Home » » श्रीलंकाविरुद्ध आश्विन एक्लैले लिए ६ विकेट

श्रीलंकाविरुद्ध आश्विन एक्लैले लिए ६ विकेट

Written By Unknown on Wednesday, August 12, 2015 | 6:12 AM

श्रावण २७ 
श्रीलंकाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारतले कसिलो बलिङ प्रदर्शन गरेको छ । गालेमा जारी खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले बुधबार १ सय ८३ रनमात्र जोड्न सक्यो । कप्तान एन्जेलो म्याथ्युजले ६४ तथा दिनेश चाँदिमालले ५९ रन बनाएको इनिङ्समा सन्न्यास लिँदै गरेका कुमार सांगाकाराले भने ५ रनमात्र जोडे । कसिलो बलिङ गर्नेक्रममा भारतका रविचन्द्रन आश्विनले ४६ रन खर्चेर ६ विकेट लिए । यस्तै, अमित मिश्राले २ विकेट झारे । जवाफमा भारतले २८ रन जोड्दा दुई विकेट गुमाए पनि त्यसपछि भने संयमित ब्याटिङ गरेको छ । भारतले श्रीलंका भ्रमणका क्रममा तीन खेलको टेस्ट श्रृंखला खेल्दैछ । सांगाकाराले भने दुई खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिनेछन् ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC