Home » » आफूहरुले उठाएको मुद्धालाई सरकारले सम्बोधन नगरेको भन्दै एमाओवादीले गर्यो आजको बैठक बहिस्कार

आफूहरुले उठाएको मुद्धालाई सरकारले सम्बोधन नगरेको भन्दै एमाओवादीले गर्यो आजको बैठक बहिस्कार

Written By Unknown on Monday, August 3, 2015 | 3:36 AM

१८ साउन 
व्यवस्थापिका संसदको बैठक मंगलबार बस्ने गरी स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसदको बैठक बहिस्कार गरेपछी आजको बैठक स्थगित भएको हो । बैठकमा विशेष समय लिएर बोल्दै एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले आफूहरुले उठाएको मुद्धालाई सरकारले सम्बोधन नगरेको भन्दै बैठकमा नरहने जारी गराए लगतै माओवादी सभासदहरु बैठकबाट बाहिरिएका थिए। माओवादीको बहिस्कारपछि सभामुख सुवास नेम्वाङले आजको बैठक स्थगित भएको जानकारी गराएका थिए । बजेटमाथि सैद्धान्तिक छलफलका लागि भन्दै आजको संसद बैठक बोलाइएको थियो ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC