भदौ ६
आज दिउँसो दोलखा केन्द्रविन्दु भएर पराकम्प गएको छ । दिउँसो २ बजेर ४७ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएर ५ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको हो । पराकम्पको नेपालको पूर्वी भेगसम्म धक्का महसुस गरिएको छ । ५ रेक्टर स्केलमाथिको पराकम्प डेढ महिनापछि गएको हो । यसअघि असार १८ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ रेक्टरको पराकम्प गएको थियो । त्यसपछिका पराकम्प ५ रेक्टर भन्दा मुनिका थिए । वैशाख १२ को भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केलका ३ सय ८३ भन्दा बढि पराकम्प गइसकेका छन् ।
Post a Comment